३१ आश्विन २०८३, शनिबार

सुनको भाउ बढ्यो, कति पुग्यो बजारमा ?

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ जेठ । एक हप्ता यता केही घटेको सुनको मूल्य फेरि उकालो लागेको छ ।

आज सुनको मूल्य २ सय रुपैयाँले बढेर प्रतितोला ५३ हजार ५ सय रुपैयाँ पुगेको छ । हिजोसम्म सुन ५३ हजार ३ सय रुपैयाँमा खरिद विक्रि भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पाँच रुपैयाँले बढेको छ । हिजोसम्म ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको चाँदी आज ७ सय ४५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।