३१ आश्विन २०८३, शनिबार

इंग्लिस प्रिमियर लिगको उपाधि चेल्सीलाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लन्डन, ३१ वैशाख । चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको छ । शुक्रबार राति भएको खेलमा वेष्ट ब्रोमलाई १–० ले हराउँदै चेल्सीले दुई खेल बाँकी छँदै उपाधि जितेको हो ।

चेल्सीको जितमा मिसी बात्सुईले खेलको ८२ औं मिनेटमा निर्णायक गोल गरे । वेस्टब्रोमको घरेलु मैदानमा भएको खेलमा चेल्सीले पहिलो हाफमा गोलरहित बराबरी खेलेको थियो ।

राम्रो खेल्नुका बाबजुद उसलाई गोल गर्न निकै संघर्ष गर्नुपरेको थियो । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका बात्सुईले ८२ औं मिनेटमा गोल गर्दै चेल्सीलाई उपाधि दिलाए ।

एन्टोनी कोन्टेको टिम चेल्सीका लागि विजयी गोल गरेका बात्सुई यही सिजन मार्सेइलीबाट चेल्सी आएका हुन् । यो उपाधीसँगै चेल्सीले गत सिजनको खराब लयलाई समेत बिर्साएको छ ।

सन् २०१४/१५ को सिजनमा उपाधी जितेको चेल्सी गत सिजनमा खराब प्रदर्शन गर्दै १० औं स्थानमा रहँदै लिग सकाएको थियो ।

यो उपाधीसँगै चेल्सीले पछिल्ला तीन सिजनमा दोस्रो पटक प्रिमियर लिगको उपाधी जितेको हो । नाटकीय बनेको अघिल्लो सिजनमा लेस्टर सिटीले उपाधी जितेको थियो । लेस्टर सिटी यो सिजन ९ औं स्थानमा रहेको छ ।

लिगमा दुई खेल बाँकी हुँदा चेल्सीको ३६ खेलबाट ८७ अंक रहेको छ भने दोस्रो स्थानको टोटलह्यामको ३५ खेलबाट ७७ अंक रहेको छ ।

प्रिमियर लिगको उपाधि जितेको चेल्सीले अर्को उपाधिको पनि नजिक रहेको छ । चेल्सीले यही मे २७ मा एफए कपको उपाधिका लागि आर्सनलसँग खेल्दै छ । – एजेन्सी