३१ आश्विन २०८३, शनिबार

एसियाली युथ तथा जुनियर भारोत्तोलन हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ वैशाख । नेपाल भारोत्तोलन संघको आयोजनामा १९ औं युथ, २४ औं जुनियर महिला तथा ३१ औं जुनियर पुरुष एसियाली भारोत्तोलन च्याम्पियनसिप जुलाई २२ देखि ३० तारिखसम्म हुने भएको छ ।

प्रतियोगितामा पुरुष र महिला गरी जम्मा २ सय ८८ पदकका लागि प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष रतणकुमार तण्डनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

प्रतियोगिताका खेलहरु लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा हुनेछ । प्रतियोगिता सञ्चालन गर्न करिब १ करोड ७५ लाख ९६ हजार ८ सय ९० रुपैयाँ खर्च हुने बताइएको छ ।

पत्रकार सम्मेलनका दौरान राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले प्रतियोगिताको लोगो अनावरण गरेका थिए ।

सो अवसरमा सदस्य–सचिव विष्टले एसियाली स्तरको प्रतियोगिता हुनु नेपाली खेलकुदका लागि ऐतिहासिक अवसर भएको बताउदै सफल रुपमा प्रतियोगिता सम्पन्न गरी अन्तर्राष्ट्रिय जगतमा नेपाल पनि ठूलो प्रतियोगिता आयोजना गर्ने क्षमता राख्छ भन्ने सन्देश दिन जरुरी भएको धारणा व्यक्त गरे ।