लन्डन, २७ वैशाख । इटालीका भेट्रान गोलकिपर जियानलुइगी बुफोनले च्याम्पियन्स लिगमा ६ सय ९० मिनेट पछि पहिलो गोल खाएका छन् ।
युभेन्ट्सका विश्व चर्चित गोलकिपर बुफोनले यसपालिको च्याम्पियन्स लिगमा अघिल्लो ७ खेलसम्म गोल खाएका थिएनन् ।
बुधबार बिहान फ्रेन्च क्लब मोनाकोविरुद्ध सेमिफाइनलअन्तर्गत दोस्रो लेगको खेलमा उनले गोल खाए ।
मोनाकोका केलियान माबापेले ६९ मिनेटमा गोल गर्दै बुफोनको ७ खेलसम्म गोल नखाएको कीर्तिमानलाई भंग गरे । अन्तिम पल्ट युभेन्ट्सले सेभियाविरुद्ध गोल खाएको थियो । – एजेन्सी















प्रतिक्रिया