केन्ट । विश्व नेपाली साहित्य महासङ्घ साउथ, यू के र नेपाली साहित्य विकाश परिषद वेलायतको संयुक्त आयोजना साथै केन्ट मगर संघ, क्यान्टवरी नेपाली समाज र क्यान्टवरी नेपाली महिला समाजको सहयोगमा गीतकार, कवि तथा समाजसेवी घन थापा मगरको दुई एल्वमहरु ‘बयान’ र ‘बस्ती’ विमोचन गरिएको छ ।
गत ७ मेँ २०१७ को दिन हकिन्ज कम्युनिटी हल, वेलायतमा कार्यक्रमको पहिलो सत्रमा बेलायतका नेपाली राजदूत तथा साहित्यकार डा दुर्गाबहादुर सुबेदीको प्रमुख आतित्थ्य उद्घाटन गरिएको हो ।
अतिथिहरुमा श्रीमती पुनम राज्य लक्ष्मी सुबेदी, मगर समाज यूकेका संस्थापक अध्यक्ष थर्क राना, “विश्व नेपाली साहित्य महासङ्घ” अध्यक्ष बिश्वासदीप तिगेला, गायक शिव परियार, “विश्व नेपाली साहित्य महासङ्घ साउथ” का अध्यक्ष बिजय हितान, “मगर समाज यूके” का महासचिव लाल पुन, “किरात याक्थुङ चुम्लुङ”का अध्यक्ष काजिमान यक्सो, “क्यान्टवरी नेपाली महिला समाज” का अध्यक्ष ममता सुनुवार, कवि, मुक्तक तथा साहित्यकार नबराज राई लगायतको उपस्थिति रहेको थियो ।
राजदूत सुवेदीले कार्यक्रममा शुभकामना दिएका थिए । सभाध्यक्ष “नेपाली साहित्य विकाश परिषद” का संस्थापक अध्यक्ष शुरेसजंग शाह लगायत अन्य अतिथिहरुले क्रमश “बयान” र “बस्ती” दुई एल्वमहरु लोकार्पण तथा विमोचन गरेका थिए ।















प्रतिक्रिया