३१ आश्विन २०८३, शनिबार

घरेलुमैदानमै लिभरपुलको बेइज्जत ! साउथहाम्टनले देखायो नाटकीय खेल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लन्डन, २५ वैशाख । साउथहाम्टनले लिभरपुललाई गोलरहित बराबरीमा रोकेको छ । लिभरपुलको घरेलुमैदानमा साउथहाम्टनले बलियो मानिएको लिभरपुललाई बराबरीमा रोकेको हो ।

यो नतिजासँगै प्रिमियर लिगमा शीर्ष ४ स्थान सुनिश्चित गर्ने लिभरपुलको अभियानमा गम्भीर धक्का लाग्ने सम्भावना बढेर गएको छ ।

दोस्रो हाफमा पाएको पेनाल्टीको अवसरलाई जेम्स मिल्नेरले गोलमा परिणत गर्न नसक्दा लिभरपुल सम्भावित ३ अंक जोड्नबाट चुक्यो । उनको ६५ मिनेटको पेनाल्टी साउथहाम्पटनका गोलरक्षक फ्रेजर फोस्टरले रोकेका थिए ।

साउथहाम्पटनसँग १ अंक बाड्नु परेपछि लिभरपुलले ३६ खेलबाट ७० अंक मात्र जोडेको छ । लिभरपुल म्यानचेस्टर सिटी (६९) र म्यानचेस्टर युनाइटेड (६५) भन्दा माथि छ ।

लिभरपुल हाल तेस्रो स्थानमा यथावत छ । सिटी र युनाइटेडभन्दा लिभरपुलले एक खेल बढी खेलेको छ ।

प्रशिक्षक जर्गेन क्लोपले प्रिमियर लिगमा साउथहाम्पटनविरुद्धको खेल अहिलेसम्म जितेका छैनन् । उनी पाँचौ पल्ट क्लाउडे पुएलको टिमलाई पराजय गर्नबाट चुकेका छन् । – एजेन्सी