वाशिंगटन डिसी । नेपाल–अमेरिका पत्रकार संघ (नेजा)को पहलमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यव समिति अमेरिकाको आगामी निर्वाचनका लागि अध्यक्ष पदका प्रत्याशीहरुको बहस कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल–अमेरिका पत्रकार संघको उद्घाटनपछि बहस कार्यक्रम सुरु भएको थियो । बहसमा एनआरएन अमेरिकाको अध्यक्ष पदका प्रत्यासीहरूमा केशव पौडेल, राम सी. पोख्रेल, डिल्ली भट्टराई र गौरी जोशी सहभागी थिए । बहसमा रबिना थापा तथा कृष्ण पोख्रेलको अनुपस्थित रहेको थियो ।
अमेरिकी राष्ट्रपतिको चुनावी बहस जस्तै शैलीमा नेता छान्नको लागि उक्त बहस कार्यक्रम राखिएको थियो । बहस सवा घण्टासम्म चलेको थियो ।
समय अभावको कारण दर्शक तथा सामाजिक संजालबाट आएका प्रश्न उम्मेदवारहरुलाई सोध्न असमर्थ भएको जानकारी कार्यक्रम संचालक बाल जोशीले जानकारी गराएका थिए ।
कार्यक्रम विभिन्न संचार माध्यमबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । कार्यक्रममा अध्यक्ष पदका उम्मेदवारहरु केशव पौडेल, राम सी. पोख्रेल, डिल्ली भट्टराई र गौरी जोशीले कार्य योजना र प्रतिबद्धता जाहेर गरेका थिए ।
















प्रतिक्रिया