दोहा । नेपाली महिला समाज कतारले हमाद हस्पिटल अन्तर्गत रहेको ब्लड डोनेसन युनिटसंगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
आगामी २६ मे २०१७ शुक्रबारको दिनमा हुन गईरहेको मानवीय कार्यको संयोजकत्व समाजकी अध्यक्ष सुस्मिता भुसालले गरेकी छिन् ।
रक्तदान आफैमा एउटा पुण्यको काम हो । प्रत्यक्ष पुण्य कमाउनको लागि रक्तदानभन्दा ठूलो अर्को कुनै उपाय छैन । पीडामा मृत्यसंग लडिरहेका मानिसहरुको जीवन रक्षा गर्नु हाम्रो कर्तब्य हो ।
रक्तदान गर्न आउने दाताहरुले निम्न कुराहरुलाई ख्याल गर्नु पर्नेछ । रक्तदाताले आफ्नो परिचय पत्र लाइसेन्स वा हेल्थ कार्ड साथमा लिएर आउनु पर्नेछ ।
बाहिरको मुलुकबाट कतार प्रवेश गरेको ६ महिना र अघिल्लो पटक रक्तदान गरेको २ महिना पुगेको हुनु पर्ने छ ।
एन्टिबायोटिक या अन्य औषधि प्रयोग नगरेको साथै २४ घण्टाभित्र मदिरा सेवन गरेको हुनु हुदैन । रक्त दान गर्दा खाली पेटहुनु हुदैन भने रक्तचाप तथा अन्य मापदण्ड रक्त संकलन टोलीले निर्धारण गरे बमोजिम हुने छन् ।
दाताको उमेर १८ देखि ६५ वर्षको भित्र रहनु पर्नेका साथै ५० किलो ओजन हुनु आवस्यक छ ।















प्रतिक्रिया