मुम्बई । श्रीलंकाका तीब्र बलर लासिथ मालिङ्गा आइपिएलमा १ सय ५० विकेट पूरा गरेर नयाँ रेकर्ड बनाएका छन् । रेकर्डसँगै मालिङ्गा आइपिएलमा धेरै विकेट लिने पहिलो बलर बन्न पुगेका छन् ।
मुम्बई इन्डियन्सबाट खेल्ने गरेका मालिङ्गाले शनिवार राति दिल्ली डेयरडेभिल्सविरुद्ध १ सय ४६ रनले विजयी खेलमा २ विकेट लिएका थिए ।
उनले श्रेयष एैयरलाई ३ रनमा हरभजन सिंहबाट क्याच आउट गराउने क्रममा आइपिएलमा १ सय ५० विकेट पूरा गरेका थिए ।
उनले कोरी एन्डर्सनको पनि विकेट लिए । मालिङ्गाले आइपिएलको १ सय ५ इनिङमा यो कीर्तिमान बनाएका हुन् । उनले यसअवधिमा १ पल्ट पाँच विकेट र ४ पल्ट ४ विकेट लिएका थिए ।
उनी पछि १ सय ५० विकेटको दौडमा सबैभन्दा अगाडि दिल्ली डेयरडेभिल्सका अमित मिश्रा छन् । मिश्राले हालसम्म १ सय ३३ विकेट लिएका छन् । – एजेन्सी















प्रतिक्रिया