३१ आश्विन २०८३, शनिबार

राखेपद्वारा दस खेल संघ खारेज

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ वैशाख । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न १० खेलको राष्ट्रिय संघ खारेज गर्ने निर्णय गरेको छ । त्यसमा ९ खेलको विद्यालय राष्ट्रिय खेल संघ रहेका छन् ।

खारेजीमा परेका संघहरुमा नेपाल स्टिक स्पोर्ट्स संघ, नेपाल विद्यालय फुटबल संघ, राष्ट्रिय विद्यालय जिम्न्याष्टिक महासंघ, विद्यालय बास्केटबल महासंघ नेपाल, राष्ट्रिय विद्यालय ब्याडमिन्टन महासंघ, नेपाल विद्यालय ह्यान्डबल संघ, नेपाल विद्यालय कबड्डी संघ, राष्ट्रिय विद्यालय क्रिकेट संघ, राष्ट्रिय विद्यालय तेक्वान्दो संघ र राष्ट्रिय विद्यालय बुद्धिचाल संघ रहेका छन् ।

राखेपमा दर्ता रहेका राष्ट्रिय संघहरुलाई व्यवस्थित रुपमा सञ्चालन गरी विभिन्न खेलको विकास र विस्तार गर्ने उद्देश्य अनुरुप २०७२ साल पुस १ गते राखेपकी सदस्य शान्ति सिंहको संयोजकत्वमा गठित छानविन समितिको प्रतिवेदन, खेलकुद विकास ऐन, नियम बमोजिम दर्ता तथा नविकरण नभएको, सम्बन्धित खेलको खेल गतिविधि सुचारु रुपले सञ्चालन गर्न नसकेको अवस्था विद्यमान रहेको तथा विद्यालय खेल संघको हकमा सम्बन्धित खेलको राष्ट्रिय खेल संघअन्तर्गत समितिको रुपमा सम्बन्धित खेलको विकास र विस्तार हुने भएको हुँदा विद्यालय खेलकुद संघ राखेपको लगतमा राखि राख्न औचित्य नभएको हुँदा राखेपको लगतबाट हटाउन निर्णय गरिएको हो ।