३१ आश्विन २०८३, शनिबार

रोनाल्डोको ह्याट्रिकसँगै रियल मड्रिड फाइनल नजिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लन्डन, २० वैशाख । क्रिष्टियानो रोनाल्डोको ह्याट्रिकसँगै रियल मड्रिड च्याम्पियन्स लिगको फाइनल नजिक पुगेको छ ।

मंगलबार राति भएको च्याम्पियन्स लिगको मड्रिड डर्बीमा रियलले एथ्लेटिकोलाई ३–० ले हराएको छ ।

घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले १० औं मिनेटमा रोनाल्डोको गोलबाट अग्रता लिएको थियो । बाँकी दुई गोल भने दोस्रो हाफको अन्त्यतिर भयो ।

खेलको ७३ औं मिनेटमा दोस्रो गोल गरेका रोनाल्डोले ८६ औं मिनेटमा ह्याट्रिक पुरा गरे र रियल मड्रिडलाई शानदार जित दिलाए ।

रोनाल्डोले च्याम्पियन्स लिगमा लिओनल मेस्सीले बनाएको च्याम्पियन्स लिगमा सात हृयाट्रिकाको रेकर्डसँग बराबरी गरेका छन् । – एजेन्सी