स्वीटजरल्याण्ड । पर्वत समाज बेल्जियमको अधिवेशन सम्पन्न भएको छ । झलक केसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।
कार्यसमितिमा उपाध्यक्ष भीम कुँवर, महासचिव दीपक पोखरेल, सचिव युगमाया पुन र कोषाध्यक्षमा सीता केसी सर्बसम्मत चयन भएका छन् ।
सदस्यहरूमा काजी नेपाली, किरण पुन, राकेश कर्माचार्य, अमृत पौडेल, हिक्मत श्रेष्ठ, पुनम घिमिरे, दर्शन गुरुङ, बाबुराम शर्मा, रक्षा श्रेष्ठ निर्वाचित भएका छन् ।
अधिबेशनलाई युरोप लगायत बेल्जियममा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना दिएका थिए । गैर आवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष गंगाधर गौतमले पर्बत समाजले छोटो समयमै बेल्जियममा र स्वदेशमा धेरै राम्रो काम गरेको बताए ।
नेपाली सम्पर्क समिति बेल्जियमकी अध्यक्ष सीता सापकोटाले बेल्जियममा धेरै नाम मात्रैको संस्था भएको बताइन् । उनले पर्बत समाजले केही राम्रो काम गरेर देखाउने आशा ब्यक्त गरिन ।
प्रमुख अतिथि राजदूत लोकबहादुर थापा, सामाजिक अभियानकर्ता तथा गैर आवासीय संघ अन्तराष्ट्रिय परिषदका सचिब अर्जुनकुमार श्रेठ, एनआरएन युरोप संयोजक कुल आचार्य, समाज सेवी शिशिर भट्ट, संस्थापक अध्यक्ष मेख गुरुङ लगायतले सम्बोधन गरेका थिए ।















प्रतिक्रिया