क्यानडा । नेपाली जनसम्पर्क समिति क्यानाडाको केन्द्रीय कार्यसमितिले आकस्मिक कोष स्थापनासहितका विभिन्न निर्णयहरू गरेको छ ।
सभापति तुल्सी पौडेलको अध्यक्षतामा क्यानडाको ब्रह्मटनमा हालै सम्पन्न भएको बैठकले कोष स्थापनाका साथै कार्यसमिति विस्तार गर्ने निर्णय गरेको हो । बैठकमा संस्थाको भावी कार्ययोजना तथा आगामी कार्यक्रमका बारेमा बिस्तृत छलफल गरिएको थियो ।
बैठकले क्यानडास्थित नेपाली समुदायमा भैपरी आउने विभिन्न खाले विपति र दुःखहरूमा मानवीय सहयोग गर्न सकियोस भन्ने हेतुले आकस्मिक कोष स्थापना गर्ने निर्णय गरेको छ ।
सोही बैठकमा केन्दीय सदस्यहरूले कोषमा करिब १८०० क्यानेडियन डलर संकलन गरेका थिए । कोषलाई व्यवस्थित र पारदर्शी बनाउन संस्थाका कोषाध्यक्ष बिद्याभूषण कार्कीलाई बैठकले जिम्बेवारी दिएको छ ।
बैठकले केन्द्रीय कार्यसमिति सदस्य दीपक गौतमलाई संस्थाको प्रवक्तामा सर्वसम्मतले मनोनयन गरेको छ ।
यसैबीच, केन्द्रीय समितिमा डा चन्द्रप्रकाश पौडेल, डा डिल्लीराज पौडेल, ई निरन्जन केसी, ई शिवजी कोइराला, नरेन्द्रकुमार मैनाली, पार्वती कार्की, दधि अर्याल, भरत चौधरी, गोपाल पौडेल, समीर पाण्डे, बिनोद शर्मा, उदय दुरा, राजु बराल, अर्जुन ओली, अमिन खड्का, कुमार पौडेल, भोजराज भट्ट, कविन ढुंगेल र कमल गिरीलाई मनोनीत गरिएको छ ।















प्रतिक्रिया