३१ आश्विन २०८३, शनिबार

आईपीएल क्रिकेटः शीर्ष स्थानमा उक्लियो मुम्बई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई, १९ वैशाख । इण्डियन प्रिमियर लिगमा निकै खराब लयमा रहेको रोयल च्यालेञ्जर्स बैंग्लोरलाई संघर्षपूर्ण खेलमा ५ विकेटले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ ।

मुम्बईसँग पराजित भएसँगै बैंग्लोरको प्लेअफको गणितीय सम्भावना पनि सकिएको छ ।

टस जितेर पहिलो ब्याटिङ गरेको बैंग्लोर फेरि पनि उत्कृष्ट सुरुवात गर्न असफल रह्यो । उसका लागि एबी डिभिलियर्सले सर्वाधिक ४३ रन बनाउनुबाहेक अन्यले गतिलो प्रदर्शन गर्न सकेनन् ।

यद्यपि, केही समालिए पनि उसले जित भने निकाल्न सकेन । निर्धारित २० ओभरमा बैंग्लोरले १ सय ६२ रन बनाएको थियो । डिभिलियर्स आउट भएपछि पारीलाई केदार जादभ र पवन नेगीले सम्हाल्दै सम्मानजनक अवस्थामा पु-याए । नेगीले ३५ तथा जादभले २८ रन बनाएका थिए ।

१ सय ६३ रनको लक्ष्य पछ्याएको मुम्बईले रोहित शर्माको कप्तानीमा १ बल बाँकी हुँदा लक्ष्य पूरा ग¥यो । उसका लागि कप्तान रोहित शर्माले अविजित ५६ रन बनाए भने जोस बटलरले ३३ तथा नितिश रानाले २७ रन बनाएका थिए । अन्तिम समयमा जित दिलाउन हार्दिक पाण्डेयको १४ रन महत्वपूर्ण रह्यो । – एजेन्सी