३१ आश्विन २०८३, शनिबार

इंग्लिस प्रिमियरमा चेल्सीलाई टोटनह्यामको चुनौती

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लन्डन, १९ वैशाख । इंग्लिस प्रिमियर लिगको उपाधि होडमा रहेको चेल्सीलाई दोस्रो स्थानको टोटनह्यामले पछ्याइरहेको छ ।

चेल्सीले एभर्टनलाई ३–० ले हराउँदै अग्रता फराकिलो पारे पनि त्यसको केही क्षणमै टोटनह्यामले शीर्ष ४ को दौडमा रहेको आर्सनललाई २–० ले पाखा लगाउँदै पुनः चेल्सीमाथि दबाब बढायो ।

जितपछि टोटेनह्यामले चेल्सीसँगको दूरीलाई ४ अंकमा कायम गर्न सफल भयो । निर्णायक ४ खेल बाँकी रहँदा शीर्ष टोली चेल्सीको ८१ र टोटेनह्यामको ७७ अंक छ । हारपछि आर्सनलको शीर्ष चारमा प्रिमियर लिग टुंग्याउने सम्भावना कमजोर बनेको छ ।

आइतबारै भएको खेलमा म्यानचेस्टर र डर्बी आआफ्नो खेलमा बराबरीमा रोकिएपछि आर्सनलले डर्बीसँग अंक दूरी कम गर्ने राम्रो मौकाका रूपमा हेरिएको थियो । यद्यपि, उपाधि होडमा रहेको टोटनह्यामसँग आर्सनल निराश बनेपछि उसको शीर्ष चारको सम्भावना निकै कम भएको छ ।

टोटेनह्यामलाई आर्सनलले पहिलो हाफ गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा भने आर्सनल उसका स्ट्राइकरलाई रोक्न असफल भयो । डेले अलीले ५५औं मिनेटमा पहिलो गोल गर्दा । लगत्तै हेरी केनले पेनाल्टीमार्फत अग्रता दोब्बर बनाए । त्यसपछि खेलमा आर्सनल फर्कन असफल भयो ।

यसअघि भएको खेलमा चेल्सीले एभर्टनविरुद्ध सबै ३ गोल दोस्रो हाफमा गर्दै उपाधि अभियानमा आफ्नो बलियो दाबेदारी कायमै राख्यो । उसका लागि पेड्रोले ६६औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए ।

त्यसपछि ७९औं मिनेटमा चाली र ८६औं मिनेटमा विलियमले गोल गर्दै खेल पूर्ण रूपमा चेल्सीको पक्षमा पारे । आइतबारै भएको अन्य खेलमा म्यानचेस्टर युनाइटेड स्वानसी सिटीसँग १–१ को बराबरीमा रोकिँदा म्यानचेस्टर सिटी मिडल्सब्रोसँग २–२ गोलको बराबरीमा रोकिएको थियो । – एजेन्सी