३१ आश्विन २०८३, शनिबार

उज्बेकिस्तानमा मुक्केवाजद्वय पुरन र दीपक पराजित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ वैशाख । एएसबीसी एलाईट बक्सिङ च्याम्पियनसिपमा सहभागी भएका मुक्केवाजद्वय पुरन राई र दीपक श्रेष्ठ आइतवार साँझ पराजित भएका छन् ।

उज्बेकिस्तानको तास्केन्ट शहरमा भएको पुरुष ५६ केजी तौल समूहमा नेपालका पुरन राईले उत्कृष्ट खेल प्रदर्शन गरेपनि सफलता हात पार्न सकेनन् । तीन राउण्ड सम्म डटेर प्रतिस्पर्धा गरेका मुक्केवाज पुरन अंकका आधारमा ताजकिस्तानका खेलाडि भोहिडोभ एशोरसंग अंकका आधारमा पराजित भएका थिए ।

त्यस्तै अर्का मुक्केवाज दीपक श्रेष्ठ ६४ केजी तौल समूहमा इरानका खेलाडि अरमास इस्माइलसग अंककै आधारमा पराजित भए । दीपकले पनि तीन राउण्ड सम्म डटेर मुक्का प्रहार गरेपनि सफलता हात पार्न सकेनन् ।

एशियाका २८ राष्ट्रले सहभागिता जनाएको प्रतियोगिता वल्ड च्याम्पिसनशिपको छनोट चरणको खेल समेत भएकाले नेपाली मुक्केवाजले सो अवसर गुमाएको नेपाल बक्सिङ संघका सदस्य श्याम अवालेले जानकारी गराएका छन् ।