१ कार्तिक २०८३, आइतबार

नाइजेरियामा नेपालको पर्यटन र संस्कृतिसम्बन्धि बृतचित्र प्रदर्शन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लेगोस । ‘अफ्रो एसियन कम्युनिटी निसिएटिभ फर डेभलोपमेन्ट’द्वारा लेगोस, नाइजेरियामा आयोजित कार्यक्रममा नेपालको संस्कृति र पर्यटनमाथि एनआरएनए नाइजेरियामा वृत्तचित्रसम्बन्धी बिशेष प्रस्तुति गरेको छ ।

एनआरएनएको अथिती देबो भव अन्तर्राष्ट्रिय अभियान अनुरुप तयार पारिएको करिब २० मिनेटको श्रब्य–दृश्य प्रस्तुति अफ्रीकन, भारतीय र अन्य एसिएन दर्शकमाझ प्रस्तुत गरिएको हो ।

एनआरएनए नाइजेरियाका कार्यबाहक अध्यक्ष जनक बिस्टले नेपाल एसियन सस्कृतीकै केन्द्रबिन्दु भएको, भगवान बुद्धको जन्मस्थान र सर्बोच्च शिखर सगरमाथा लगायत दर्जनौ हिम शृङ्खला भएको सुन्दर देश रहेकोले अफ्रिकन र आप्रवासी समुदायलाई एक पटक नेपाल घुम्न आमन्त्रण गरे ।

कार्यक्रममा एनआरएनएका अन्तर्राष्ट्रिय समितिका कोषाध्यक्ष हिक्मत थापा, आइसिसी सदस्य चिरन्जिबी रोका, एनसीसी नाइजेरियाका प्रबक्ता रोहित भाङ्गर लगाएत सदस्यहरुको सहाभागिता रहेको थियो ।