लास एन्जल्स । साउदर्न क्यालिफोर्निया बासी नेपालीहरूद्वारा निर्माणाधीन श्रीपशुपतिनाथको मन्दिरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
नर्वाल्क सिटिमा चर्च किनेर सोलाइ मन्दिरमा परिणत गर्नको लागि मर्मत सम्भारको कार्यभईरहेको छ ।
मन्दिरका लागि भवन खरिदपछि विभिन्न समस्याहरू आएका थिए । मन्दिरको निर्माण कार्यमा केही ढिलाइ पनि भएको थियो ।
श्रीपशुपतिनाथ फाउनडेसनका अध्यक्ष भक्त थापा सबैको सहयोग र अथक प्रयास पश्चात् अबको एक महिनामा निर्माण कार्य पूर्णरुपमा सकिने र आधिकारिक रूपमा खुल्नको लागि दुई महिना लाग्ने जानकारी दिए ।
एक लाख ३० हजार डलरभन्दा बाढीका दाताहरुको सहयोगमा यो मन्दिर बन्न सफल भएको छ ।
मन्दिरमा प्रतिस्थापन गरिएका भगवानका मुर्तिहरु नेपाल र भारतबाट ल्याइएका हुन् ।
नेपालको झल्को गराउने पशुपतिनाथको साथै सोही स्थानमा बुद्धको मूर्तिसमेत स्थापना गरी धार्मिक संहिष्णुताको नमूना प्रस्तुत गर्न लागिएको छ ।
मन्दिरको उद्घाटन पश्चात् यसलाई दिगो राख्न पचास हजारभन्दा बढीका दाताहरुको ट्रस्टी र अन्य दाताहरुका मध्यबाट सञ्चालक समिति बनाएर चलाउने योजना समेत व्यवस्थापनले गरिरहेको छ ।















प्रतिक्रिया