१ कार्तिक २०८३, आइतबार

नेपाली समाज लिमरिक आयरल्याण्डको नयाँ कार्यसमिति गठन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डेनमार्क । डेनमार्क स्ट्रीट लिमरिकमा भएको नेपालीहरूको भेलाले नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

ग़ैरआवासीय नेपाली विद्यार्थी तथा उपस्थित ग़ैरआवासीय नेपाली परिवारहरूको सभाले प्रेमप्रसाद घलेको अध्यक्षतामा १९ सदस्य कार्यसमिति गठन गरेको हो । निवर्तमान अध्यक्ष सनम थापाले प्रेम घलेलाई कार्यभार सुम्पदै नवनिर्वाचित कार्यसमिति लाई धन्यवाद व्यक्त गरे ।

नव निबाचित कार्य समितिको अध्यक्षमा प्रेम प्रसाद घले, उपाध्यक्षमा उत्तम पाण्डे, प्रजया न्यौपाने र मिलन आचार्य चयन भएका छन् ।

महासचिवमा सुमन कुँवर, सचिबमा बिजय कुमार बूढ़ाथोकी, कोषाध्यक्षमा शीतल बस्नेत र सहकोषाध्यक्षमा अमृत कुमार श्रेष्ट रहेका छन् ।

सदस्यहरूमा नगेन्द्र सिंह ठकुरी, कृष्ण काफ्ले, बाबुकृष्ण खतिवडा, सज्ना खड़का, अरुण के सी, मिलन गौतम, शिवा अधिकारी, मुकेश घिमिरे, मदन तिमिलसिना, राजकुमार प्रधान, चंद्रमडी खरेल र सृजना बस्नेत रहेका छ्न् ।

भेलाले संस्थापक अध्यक्ष राज थापाको संयोजकत्वमा ७ सदस्यीय सल्लाकार समितिको समेत गठन गरेको छ ।

समितिमा सनम थापा, बुद्ध लामा, लक्ष्मी पौड़ेल, डम्मर गौतम, टेक अधिकारी, मुना अधिकारी र समीर खरेल छन् । राज थापाको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रमको संचालन बुद्ध लामाले गरेका थिए ।