१ कार्तिक २०८३, आइतबार

सद्भावना दूतको अगुवाईमा इजरायलमा नेपालको पर्यटन र संस्कृति प्रवर्द्धन

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इजरायल । इजरायलका लागि पर्यटन तथा सांस्कृतिक सद्भावना दूत भगवती बस्नेतको संयोजकत्वमा इजरायलस्थित नेपाली दूतावासको सहयोग तथा एनआरएन आइसीसीको व्यवस्थापनमा २३ अप्रिल २०१७ मा इजरायलको पर्यटकीय शहर हाइफामा नेपाल सम्बन्धि बृहद सांस्कृतिक तथा पर्यटन प्रवर्धन प्रचार–प्रसार कार्यकम सम्पन्न भएको छ ।

हाम्रो भाषा संस्कृति, हाम्रो पहिचान र संसार हो 
हामी नेपालीको गौरव,सान अनि जिउने आधार हो
बहुजाती बहुभाषी कला अनि संस्कृति छ हाम्रो
सद्भाव र भाइचारा नै नेपालीको संस्कार हो |

अपरान्ह राष्ट्रिय गीत गाएर शुरु भएको कार्यक्रममा प्रमुख अतिथी इजरायल स्थित नेपाली राजदुतावासका सहचारी भोज कुमार भट्टराई,बिशेष अतिथिमा एनआरएन आइसीसीका सदस्य सुवास खरेल तथा अतिथिहरुमा जन सम्पर्क समितीका उपाध्यक्ष राजेन्द्र खनाल, झापाली समाज इजरायलका अध्यक्ष तथा विश्व नेपाली साहित्य महासंघ इजरायलका उपाध्यक्ष गणेश गौतम “सागर”, कलाकार मंचका सदस्य नुतन भुसाल र अन्तराष्ट्रिय नेपाली साहित्य इजरायल कि सचिव दिया चापागाईं लगायतको उपस्थिती रहेको इजरायलबाट झापाली समाजका अध्यक्ष गणेश गौतम “सागर” ले जानकारी दिएका छन ।

कार्यकमका प्रमुख अतिथी नेपाली दुतावास इजरायलका सहचारी भोज कुमार भट्टराईले आफ्नो देश, कला, संस्कृति आदिलाई विदेशमा पनि चिनाउनु पर्छ भनेर आफ्नो भेषभुषामा प्रवासमा रहेर पनि अनेकौं कठिनाइका बाबजुद उपस्थित हुने सबैलाई धन्यवाद दिदै यस्ता कार्यक्रम गर्न थप हौसला मिल्ने र आफुलाई ब्याक्तिगत रुपमा गौरवको अनुभूति भएको बताएका थिए । नेपाल जस्तो सुन्दर देशमा विकास र पर्यटनको धेरै नै सम्भावना हुँदाहुँदै पनि प्रयाप्त मात्रमा पर्यटन भित्र्याउन नसकेका बताउदै भट्टराईले यस्ता कार्यक्रमले देशलाई चिनाउनुको साथै पर्यटन प्रवर्धनमा उल्लेख्य सहयोग हुने र कार्यक्रम अन्य क्षेत्रमा पनि आयोजना गर्नु पर्नेमा जोड दिएका थिए ।

झापाली समाज इजरायलका अध्यक्ष तथा विश्व नेपाली साहित्य महासंघ शाखा इजरायलका उपाध्यक्ष गणेश गौतम ‘सागर’ ले प्रवास बसाइमा आफ्नो देशलाई चिनाउन जस्तो सुकै कामको बाबजुद पनि उल्लेख्य संख्यामा नेपालीहरु उपस्थित हुनुले आफ्नो मातृभूमि प्रतिको माया झल्किएको बताउँदै इजरायलमा रहेको विश्वको चर्चित पर्यटकीय क्षेत्रलाई नेपालको पर्यटक प्रवर्धन कार्यक्रम गर्ने स्थान राख्नु अझै खुशीको कुरा भएको र यसले विश्वमा नेपालको बारेमा सन्देश जाने विश्वास ब्यक्त गरेका थिए । कार्यक्रममा अन्य अतिथीहरुले समेत बोल्दै पर्यटन प्रवर्धनमा जोड दिनुपर्ने बताएका थिए |

अन्त्यमा कार्यकमकि सभापति तथा सद्भावना दुत भगवती बस्नेत ले नेपाल पर्यटन बोर्डले २०१७ भ्रमण बर्ष मनाई रहदा विभिन्न देशहरुबाट नेपालमा पर्यटक भित्र्याउने उदेश्यले आफ्ना प्रतिनिधिहरु चयन गर्दै इजरायलका लागि यो अवसर प्रदान गरेकोमा नेपाल पर्यटन बोर्ड प्रति आभार व्यक्त गरेकी थिईन । नेपाली कला संस्कृति नै नेपालीहरुको पहिचान हो,यसलाई विश्व सामु चिनाउन आ-आफ्नो ठाउँबाट निरन्तर आफूले सक्ने हरदम प्रयास गरिरहनुपर्छ भन्दै इजरायल स्थित सम्पूर्ण संघ-संस्था, नेपाली दुतावास, राजनीतिक तथा गैर राजनीतिक संघ-संगठन आदि सबै सँग मिलेर बृहत प्रदर्शनी गर्ने भावी योजना रहेको सद्भावना दुतले जानकारी गराएकी थिइन । नेपालले कला,संस्कृति, प्राकृतिक सुन्दरता, जलश्रोत, पर्यटन, कृषि आदिको विकास र प्रवर्धन गर्न सके धेरै मुनाफा कमाउन सकिने उल्लेख गर्दै बस्नेतले नेपालमा विदेशी पर्यटक भित्रिदा लाभान्वित हुने क्षेत्र तथा पर्यटकलाई सुगम देखि दुर्गम स्थान सम्म पुर्याउन ध्यान दिन जरुरि रहेको उल्लेख गरेकी थिइन |

सावित्रा लुइँटेल घिमिरे को संचालनमा, सद्भावना दुत भगवती बस्नेतको सभापतित्वमा तथा  दिया चापागाईंको स्वागत मन्तव्यमा पहिलो चरणको औपचारिक कार्यक्रम समापन भए लगत्तै प्लिज भिजिट नेपाल, शान्तिका दुत गौतम बुद्ध, सगरमाथाको देश नेपाल,लुम्बिनीका विभिन्न तस्विरहरु, विभिन्न स्लोगनहरुका प्ले कार्ड, विभिन्न पर्यटकीय क्षेत्र पहिचान हुने ब्यानरहरु सहित नेपालको झण्डा फर्फराउदै रयाली शुरु गरिएको थियो ।

नेपाली लोक भाकाहरु गाउँदै, बजाउँदै, नाच्दै नेपाली पोशाकमा सजिएका नेपाली दिदीबहिनी तथा दाजुभाईहरु लामबद्द भएर पर्यटकको घुँइचो लाग्ने स्थानीय बहाई गार्डेनको पहिलो गेट देखि जर्मनी कोलनी सम्म रयाली अघि बढिरहदा स्थानीय व्यपारिहरु, सो क्षेत्रमा रहेका तथा आएका मानिसहरु उभिएर रयालीमा हिँडेका मानिसहरुको हातमा लेखिएका स्लोगनहरु पढ्दै विभिन्न किसिमका नेपाली पोशाकमा सजिएका नेपालीहरु हेरेर अचम्मित एवम मन्त्रमुग्ध बनेको झापाली समाज इजरायलका अध्यक्ष तथा विश्व नेपाली साहित्य महासंघ इजरायलका उपाध्यक्ष गणेश गौतम “सागर” ले बताएका छन । बस तथा निजि कार चालकहरुले आफ्नो सवारी साधन केहीबेर रोकेर नै रयालिको दृश्य अवलोकन गर्दै रयालीमा नै सरिक हुँदा नेपालीहरुले खुशी व्यक्त गरेका थिए भने नेपाल टुरिजम बोर्डको पम्प्लेट, नेपालको नक्शा, सगरमाथाको म्याप, आदि विभिन्न ट्राभल्स एजेन्सीहरुलाई बाँडिएको थियो। अन्त्यमा नेपाली खानाका मिठा परिकारहरु तथा जलपान पश्चात कार्यक्रम समापन भएको “सागर” ले जानकारी दिएका छन |