
स्वीटजरल्याण्ड । नेपालको पर्बत भई युरोपमा स्थायी तथा अस्थायी बसोबास गर्ने पर्बतेलीहरुको युरोपस्तरिय भेला हुने भएको छ ।
पर्बतका गाउँ, शहरदेखि युरोपको हरेक देशमा रहनुभएका पर्बतेलीबीच समन्वय गरि एकता, सद्भाव एवं बन्धुत्वलाई फराकिलो पार्न उक्त भेला गर्न लागिएको हो । उक्त भेलाले पर्बतको सामाजिक, आर्थिक क्षेत्रमा टेवा पुग्ने खालको गतिविधिमा सहयोग हुने आशा गरिएको छ ।
‘सम्बृद्ध पर्बत निर्माणमा हाम्रो अभियान’ भन्ने मुल उद्देश्यका साथ आगामी ३० अप्रिलमा बेल्जियमको आन्तरपेन शहरमा हुने छ । पर्बत समाज बेल्जियमको अधिबेशन तथा पर्बतेलीहरूको युरोपस्तरिय भेलामा युरोपस्थित सम्पूर्ण पर्बतेली दाजुभाई तथा दिदीबहिनीलाई उपस्थित हुन पर्बत समाज बेल्जियमका अध्यक्ष कुमार जोशीले आग्रह गरेका छन् ।
उनले सबैलाई एउटै छातामुनि समेटेर बिभिन्न सामाजिक कार्यहरु गर्ने अभिप्रायले पर्बतेलीहरुको युरोपस्तरिय भेला गर्न लागिएको बताए । भेलामा स्पेन, पोर्चुगल ,स्वीटजरल्याण्ड, फ्रान्स, बेलायत, अष्ट्रिया, इटाली, डेनमार्क, नेदरल्याण्डलगायत युरोपमा रहेका विभिन्न देशबाट पर्बतेलीहरुको उपस्थित रहनेछ ।















प्रतिक्रिया