३१ आश्विन २०८३, शनिबार

विश्वज्योती मोबाइल मार्टले मोबाइल महोत्सवको अवधि थप्यो, वैशाखभर मोबाइल साट्न पाइने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख । नयाँ वर्षको उपलक्ष्य पारेर राजधानीको मुटु जमलमा रहेको विश्वज्योती मलमा सुरु भएको मोबाइल महोत्सव बैशाख महिना भरी सञ्चालन हुने भएको छ । एकै छाना मुनिबाट दर्जन बढी ब्राण्डका मोबाइल बिक्री बितरण गर्ने लक्ष्यका साथ सञ्चालनमा आएको मोबाइल मार्टमा महोत्सव अवधिमा पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्न सकिने बताइएको छ ।

विश्वज्योती मोबाइल मार्टले आफ्नो उपस्थितीको अवसर पारेर गत चैत ३१ गतेदेखि १० दिनसम्म मोबाइल महोत्सव सुरु गरेको थियो । सेवाग्राहीको उपस्थिती बाक्लो बनेका कारण महोत्सवलाई बैशाख महिनाभरी सञ्चालन गर्न लागिएको मोबाइल मार्टका अध्यक्ष प्रकाश मजर्हजनले जानकारी दिए ।

साथै महोत्सव अवधिभर निशु्ल्क मोबाइल सर्भिसिंग गर्ने व्यवस्था मिलाएको मार्टले नयाँ मोबाइलको खरिदमा सातदेखि ४० प्रतिशतसम्म छुटको व्यवस्था पनि गरेको छ ।

महोत्सव अवधिमा १० हजार रुपैंया भन्दा बढीको सामान गरिद गर्ने उपभोक्तालाई हात खाली नजाने उपहारको पनि व्यवस्था गरिएको छ । साथै एसईई परीक्षा दिएर बसेका विद्यार्थीलाई महोत्सव अवधिभर मोबाइल खरिदमा विशेष छुटका साथै अफरको पनि व्यवस्था छ ।

मोबाइल मार्टमा जेडटीई, लाभा, जियोनी, लेनोभो, इन फोकस, ओप्पो, साओमी, कुल प्याड, सामसुंग, ओभिआई लगायत एक दर्जन बढी ब्राण्डका आधिकारिक बिक्री केन्द्रहरु रहेका छन् । विश्वज्योती मलको तेस्रो तल्लामा रहेको मोबाइल मार्टमा सेवाग्राहीले महोत्सव पछि पनि मोबाइल मर्मतको सुविधा पाउने छन् । यसबाट मोबाइल किन्न तथा मर्मत गर्न विभिन्न स्थानमा भौंतारिनु पर्ने अहिलेको बाध्यताबाट सेवाग्राहीले राहत पाउने विश्वास मोबाइल मार्टले लिएको छ ।