काठमाडौं, ९ वैशाख । जापानको टोकियोमा हुने अन्तर्राष्ट्रिय तेक्वान्दोमा निर्णायकका अन्तर्राष्ट्रिय तेक्वान्दो प्रशिक्षक रविन मल्ल शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन् ।
उनले जापानमै दुई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नेछन् । उनी विश्व तेक्वान्दो महासंघ (डब्लुटिएफ) का पुम्से र ग्यरोगी तथा कुकिवन हाङमदाङका अन्तर्राष्ट्रिय निर्णायक हुन् ।
जापानको ओसाका सिटिमा रहँदा उनले २३ देखि २५ अप्रिलसम्म हुने १५औँ डब्लुएटिए ओपन तेक्वान्दो च्याम्पियनसीप सञ्चालन गर्ने छन् ।
त्यसको लगत्तै उनले २६ देखि २८ अप्रिलमा हुने जापान ओपन तेक्वान्दो च्याम्पियनसीपमा रेफ्रिको भुमिका निर्बाह गर्ने छन् । रबिनले यसअघि इन्डियन ओपन र युपी चौथो अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसीप लगायत प्रतियोगिता सञ्चालन गरिसकेका छन् ।
उनी राष्ट्रिय खेलकुद परिषद् (राखेप) तेक्वान्दो प्रशिक्षकको रुपमा कार्यरत छन् । उनि चम्पापुर तेक्वान्दो डोजाङका संस्थापक समेत हुन् ।
३२ बर्ष अघि तेक्वान्दो खेल सुरु गरेका रबिनले यसै बर्ष कोरियाबाट अन्तर्राष्ट्रिय रेफ्रि रिफ्रेसर कोर्ष पुरा गरेका थिए ।
पछिल्लो पटक डब्लुटिएफले तेक्वान्दो खेलमा केही नियम परिवर्तन गरेकाले रिफ्रर्सर कार्स बिना अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न पाउदैन ।















प्रतिक्रिया