१ कार्तिक २०८३, आइतबार

नर्वेमा प्रवासी नेपाली मञ्चको साधारणसभा, एनआरएनसँग सहकार्य गर्न आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ओस्लो । प्रवासी नेपाली मञ्च नर्वेको वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

अध्यक्ष अम्मरबहादुर सिंहको अध्यक्षतामा आइतबार ओस्लोमा आयोजित साधारण सभामा बोल्दै प्रमख अतिथि प्रवासी मञ्च जर्मनीका अध्यक्ष चन्द्रकान्त आचार्यले संस्थाले गरेका विविध अनुकरणीय कार्यक्रमहरुको प्रशंसा गर्दै शुभकामना व्यक्त गरे ।

एनआरएनए ईटालीका उपाध्यक्ष हेमराज जोशीले प्रवासी नेपालीहरुको समस्यामा एकरुपता भएको र त्यसलाई समाधान गर्न गैर आवासीय नेपाली संघलाई साथमा लिएर काममा गर्न सुझाव दिए ।

उक्त साधारण सभाका जीफन्डका अध्यक्ष ईश्वरी आचार्य, जनसम्पर्क समिति नर्वेका अध्यक्ष जीवन विक्रम शाही, विवेकशील नेपाली संघका डिपी भण्डारी हेल्पिङ ह्यान्ड नेपाल नर्वेका अध्यक्ष गोरख चन्दस जनप्रगतिशील मञ्चका अध्यक्ष कृष्ण अर्याल, नेस्कोनका उपाध्यक्ष अर्जुन ढकाल लगायतका अतिथिहरुको सहभागिता थियो ।

उक्त कार्यक्रम प्रवासी नेपाली मन्च नर्वेका महासचिव विश्वास बजगाईँले गरेका थिए ।