३१ आश्विन २०८३, शनिबार

अब जापानी कम्पनीले नेपालमा हावाबाट विजुली निकाल्ने (फोटो फिचर)

6.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ वैशाख । नेपालमा खेर गईरहेको हावा (प्राकृतिक उर्जा शक्ति) बाट अब विजुली निकालिने भएको छ । जापानबाट नेपालमा उर्जा शक्तिको अनुसन्धान गर्न आउनु भएका सिन्ओसाका कन्सट्रक्सन कम्पनीका प्रबन्धक निर्देशक सातोशि माचुमोतो र निर्देशक नोरिओे योशिमाचुले अब ६ महिना भित्रमा यो काम सुरु हुने बताउनु भएको छ ।

३ दिने नेपाल भ्रमणमा आउनुभएका प्रबन्धक निर्देशक माचुमोतो र निर्देशक योशिमाचुले काठमाण्डौं र धादिङ्गको केहि गाउँको अवलोकन गर्दै नेपालमा उर्जा शक्तिको ठूलो भविष्य रहेको भन्दै यसैबाट नेपाली जनताहरु बाँच्न सक्ने प्रबन्धक निर्देशक माचुमोतोको भनाई रहेको छ ।

नेपालस्थित ग्लोबल क्यापिटल इन्भेष्टमेन्ट लि. कम्पनी (जि.सि.आई) सँग सहकार्यमा काम गर्न लागेको सिन्ओसाका कन्सट्रक्सन कम्पनीले यो प्रविधि जापानमा दश वर्ष अध्ययन गरेर सफलताका साथ भित्रयाएको पूरै नयाँ र फरक प्रविधि हो । जसमा विसौं वर्ष आयु रहेको हुन्छ ।

यसै सन्दर्भमा एनआरएनका पूर्व अध्यक्ष तथा जि.सि.आईका अध्यक्ष देवमान हिराचन भन्नुहुन्छ– “नेपाल प्राकृतिक स्रोतसाधनमा धनी भएता पनि यँहा रहेका प्राकृतिक उर्जा शक्तिहरु खनिज पर्दाथलाई सदुपयोग गर्न नसकेको कारणले हामी आत्मनिर्भर हुनसकेको छैनौ । नेपालमा ४० प्रतिशत जग्गाहरु खाली छन् त्यस बावजुत हामी सधैँ आयात मात्र गर्दछौ । यदि हामीले नेपालमा रहेको वनजङ्गल, हावापानी उपयोग गर्नसके सजिलै रुपमा कृषि आधुनिकरणमा जान सकिने र देशका धेरै जनता लाभान्वित हुन सक्ने छन् ।’

उहाँ अगाडी भन्नुहुन्छ– ‘हाम्रो विभिन्न गाउँमा अझै जङ्गलबाट दाउरा ल्याएर खाना पकाउने चलन छ । त्यसले गर्दा CO2 ग्याँस निस्केर Global Warming तिर धकलि गाउँका आमा, दिदीबहिनीको स्वास्थ्यमा धेरै नै असर परेको छ । यदि प्राकृतिक घामपानी, हावाको उपयोग सहि ढङ्गले गर्न सके आधुनिक कृषिकरणको ठूलो भविष्य छ ।’

सिन्ओसाका कन्सट्रक्सन कम्पनीका प्रबन्धक निर्देशक माचुमोतो भन्नुहुन्छ– ‘यो प्रविधि हावामा कल्क वाईज र एनटि कल्क वाईजद्घारा घुम्ने गर्दछ । साथै थोरै हावा लाग्ने ठाँउबाट पनि बत्ती निकाल्न सकिन्छ ।’

जापानी राजदूतावाससँग परामर्श, सहयोग गर्ने आश्वासन

यसै क्रममा प्रबन्धक निर्देशक माचुमोतो र निर्देशक योशिमाचुले नेपालस्थित जापानिज राजदुत मासाशि ओगावासित भेटवार्ता गर्नुभएको थियो, सो अवसरमा राजदुत मासाशि ओगावाले उहाँहरु लगायत उहाँको कम्पनीलाई शुभकामनाको साथै धेरै राम्रो कामको सुरुवात गर्न लाग्नु भएकोले कामको सिलसिलामा आइपर्ने सहयोग गर्ने आश्वासन दिनुभयो ।