काठमाडौं, ६ वैशाख । नेपालका लागि महिन्द्रा टु व्हीलरको आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटेड प्रा. लि.ले वैशाख ६ गतेबाट धनकुटामा आफ्नो पहिलो शोरुम ‘निशान इन्टरप्राइजेज’ सञ्चालनमा ल्याएको छ ।
धनकुटा– ७ स्थितजिरो पोइन्टमा खोलिएको शोरुममा महिन्द्राको सम्पुर्ण बाइक र स्कुटरहरु उपलब्ध हुनेछ ।
नयाँ शोरुमले स्थानीय ग्राहकहरुलाई टु व्हीलर खरिद गर्न धेरै सहज हुने र यसैको माध्यमबाट महिन्द्रालाई आफ्नो बिक्री थप सशक्त बनाउन सहयोग पुग्नेछ ।
आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर महिन्द्राले हालै नयाँ वर्षलाई लक्षित गरेर ‘महिन्द्रामा यसपाली स्क्र्याच गरौँ दुई ताली’ नामक ४००५ क्यास ब्याकअफर पनि ल्याएको छ ।















प्रतिक्रिया