३१ आश्विन २०८३, शनिबार

नेपाली धनी बनाउने कुलमानको महत्वाकांक्षी योजनाः प्रत्येक नागरिकलाई १ लाखको सेयर

17.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ चैत । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपालीलाई धनी बनाउने महत्वाकांक्षी योजना सार्वजनिक गरेका छन् ।

सोमबार राजधानीमा आयोजित कार्यक्रममा कुलमानले पाँच वर्षभित्र प्रत्येक व्यक्तिलाई १ लाख बराबरको जलविद्युतको सेयर दिने घोषणा गरेका हुन् । ‘७ वर्षमा १७ हजार मेगावाट विजुली निकाल्नुपर्ने भएकाले सर्वसाधारणको लगानीमा जलविद्युत उत्पादन गर्ने हाम्रो योजना छ,’ उनले भने– ‘यही प्रयोजनका लागि पैसा वा श्रममार्फत सर्वसाधारणलाई एक लाखसम्मको सेयर दिन्छौं ।’

अहिले १ व्यक्ति बराबर १ सय ६० युनिट विजुली मात्र खपत भइरहेको भन्दै उनले अबको ७ वर्षमा विद्युत खपत प्रतिव्यक्ति २ हजार युनिट पुर्याउने दावी गरे ।

चैत महिनाको खडेरीमा समेत लोडसेडिङलाई पराजित गरेको भन्दै घिसिङले अब विद्युतको समस्या नपर्ने घिसिङले बताए ।