१ कार्तिक २०८३, आइतबार

युएईमा यसरी मनाइयो नयाँ वर्षमा साँस्कृतिक साँझ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

युएई । नेपाली नयाँ बर्ष २०७४ सालको अवसरमा काभ्रे सेवा समाजको पहिलो साँस्कृतिक प्रस्तुति स्वरुप आयोजना गरिएको ‘नयाँ बर्ष बृहत सांस्कृतिक साँझ २०७४’ भब्यताका साथ सम्पन्न भएको छ ।

अपाङ्ग तथा अनाथ बालबालिकाको सहयोगार्थ काभ्रे सेवा समाज युएई द्वारा आयोजित नयाँ बर्ष बृहत सांस्कृतिक साँझ अप्रिल १४ का दिन देरास्थित कार्लटन टावर होटलमा सम्पन्न भएको हो ।  नेपालका चर्चित कलाकारहरुको सहभागिता रहेको कार्यक्रममा युएईमा क्रियाशिल बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधी, ब्यवसायी, बुद्धिजिबी, पत्रकार, कलाकारलगायतको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाली राजदुतावास अबुधावीका कार्यबाहक राजदूत नेत्रबहादुर टण्डनको प्रमुख आतिथ्यमा भएको थियो भने कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष दिल लामाले गरेका थिए । कार्यक्रममा रिता केसी, चर्चित गायक तथा संगीतकार बिश्व दोङ र नायिका तथा आईटम डान्सर रिया श्रेष्ठ लगायतका कलाकारहरुले बेजोड प्रस्तुति दिएका थिए ।

चर्चित गायक तथा संगीतकार बिश्व दोङ र लोक तथा कार्यक्रमकै शिलशिलामा पहिलो पटक दुबई पुगेकी चर्चित लोक तथा आधुनिक गायिका रिता केसीको गीतमा दर्शकहरु नाच्दा हल संगीतमय भएको थियो । निकै चर्चाको रुपमा हेरिएको नायिका तथा डान्सर रिया श्रेष्ठको नृत्यले दर्शकहरुलाई झनै रौनकमय बनाएको थियो । युएईमा रहेका नेपाली कलाकारहरुको प्रस्तुती र नेपालबाट आएका अतिथी कलाकारहरुको सानदार प्रस्तुती हेर्दा दर्शकहरुले नेपाली नयाँ बर्ष नेपालमै बसेर मनाएको झै अनुभुती गर्न पाएका थिए ।

दर्शकहरुले खचाखच भरिएको हलमा कलाकारहरुले दर्शकहरुलाई गीत, बेली डान्स, नृत्य र ईन्द्र सिन्चुरीको नाटक मार्फत भरपुर मनोरन्जन दिलाएका थिए । आयोजकले अतिथी कलाकार, युएईमा रहेका नेपाली कलाकार, कार्यक्रमलाई सहयोग गर्ने ब्यक्ति, स्पोन्सर लगायतलाई सम्मान पत्र र खादा ओडाएर सम्मान गरेको थियो ।

पानसमा बत्ति बालेर राष्ट्रिय धुनको साथ औपचारिक रुपमा शुरु गरिएको कार्यक्रम सुनिल तामाङ, बलराम बस्नेत, सन्ध्या सुस्केरा र अञ्जुली लोप्चन गले संचालन गरेका थिए । अपाङ्ग तथा अनाथ बालबालिकाको लागि बिभिन्न ब्यक्तिहरुले स्वैच्छिक रुपमा आर्थिक सहयोग कार्यक्रम हलमै पनि गरेका थिए ।