अफ्रिका । अफ्रिका महादेशमा नेपाली भाषा, साहित्य र कलाको प्रबर्द्धन गर्ने उद्देश्यले स्थापित नेपाल अफ्रिका साहित्य समाजको कार्य समिति गठन भएको छ ।
जसमा सयोजक हिक्मत थापा (नाइजेरिया) र सदस्यहरुमा कृष्णदत्त भट्ट (केन्या), शिव पौडेल (तान्जानिया), गणेश खडका (सेसेल्स) र तेजेन्द्र बिबश (युगान्डा) रहेका छन् ।
समाजले गत वर्ष डिसेम्बर २५ मा तान्जानियाको दार ए सलाममा नियात्राकार जीबा लामिछानेको सरसर्ती संसारको अफ्रिका बिमोचन गरी स्थापनाको घोषणा गरेको थियो ।
अफ्रिकामा नेपाली कला साहित्य सम्बन्धी कार्यक्रमहरु आयोजना गर्ने, नेपाली साहित्यका पुस्तकहरु प्रकाशन गर्ने र अफ्रिकी साहित्यलाई नेपालमा र नेपाली साहित्यलाई अफ्रिकामा प्रबर्द्धन गर्ने समाजको योजना रहेको छ ।















प्रतिक्रिया