
दिलकुमार श्रेष्ठ, दोहा । नयाँ वर्षको अवसरमा कतारमा हुने साँस्कृतिक कार्यक्रमका लागि नेपालका चर्चित कलाकारहरु कतार पुगेका छन् । बसन्त फिल्मस् प्रालिले भोलि (शुक्रबार) आयोजना गरेको शुभकामना आदानप्रदान तथा विविध सास्कृतिक कार्यक्रमका राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा ख्याती कमाईसकेका नेपाल तथा जापानबाटगरि नौ जना कलाकारहरुको समूह कतार पुगेको हो ।
कतारको गल्फ प्याराडाईज होटेलमा हुने बृहत सांगीतिक कार्यक्रममा लोकदोहोरी गायिका जुना सिरिष मगर, मोडेल मंजिता केसी, उद्घोेषिका तथा गायिका सितल शर्मा, आघुनिक गायक रमेशराज भट्टराई, लोक गायक भगिरथ चलाउने, तेजेश रेग्मी, गायक तथा संगीतकार रामकृष्ण बम मल्ल र यादवप्रसाद देवकोटा (सरापे) आज दोहो पुगिसकेका छन् ।
साथै कार्यक्रममा चर्चित लोकदोहोरी गायक भगवान भण्डारी पनि कार्यक्रममा सहभागी हुने जनाइएको छ ।
कार्यक्रमको मुख्य आकर्षण भनेको नेपाली टेलिभिजनको हास्यविधामा सबैलाई सराप्दै आएका यादव देवकोटा सरापे छन् । कार्यक्रममा सबैलाई सहभागी हुन कार्यक्रम संयोजक तिलुशर्मा पौडेलले आग्रह गरेका छन् ।















प्रतिक्रिया