
काठमाडौं, ३१ चैत । वर्षको अन्तिम दिन आज (बिहीबार) सुनको भाउ तोलामा २ सय रुपैयाँ महंगिएको छ । २०७३ सालको अन्तिम दिन आज बजारमा सुनको भाउ तोलाको ५५ हजार ६ सय रुपैयाँ पुगेको हो ।
बुधबार तोलामा ५५ हजार ४ रुपैयाँ थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो हप्ता तोलाको सबैभन्दा सस्तो मंगलबार ५४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ ८ सय १५ रुपैयाँ छ । चाँदीको भाउ बुधबार ८१० थियो भने मंगलबार ८०० रुपैयाँ थियो ।















प्रतिक्रिया