अमेरिका । देशभरका बिटेक खाध प्रबिधीमा अध्ययनरत उत्कृष्ट विद्यार्थीलाई प्रत्येक वर्ष प्रदान गरिने गोबिन्द बल्लभ पन्त नेफ्सा एवार्ड सन २०१६ का लागि त्रिभुवन विश्वबिधालय बाट पदमश्री इन्टरनेशनल कलेज काठमाडौंकी सापु श्रेष्ठ र पूर्वाञ्चल विश्वबिद्यालयबाट क्याफोडाट कलेज काठमाडौंका कन्चन सिटौलालाई प्रदान गरिने भएको छ ।
सन २०१७ का लागि पूर्वाञ्चल विश्वबिधालयबाट क्याफोडाट कलेज काठमाडौंकी अनु अर्याललाई प्रदान गरिने जानकारी गोबिन्द बल्लभ पन्त नेफ्सा स्मृति ट्रस्टका उपाध्यक्ष तथा खाध बैज्ञानिक हरिहर गुरागाईले गगरेका हुन् ।
सन २०१७ को त्रिभुवन बिश्वबिद्यालयको एवार्ड छिट्टै घोषणा गरिने र यी सबै एवार्डहरु अर्को महिना काठमाडौंमा एक बिशेष समारोहका बीच प्रदान गरिनेछ ।















प्रतिक्रिया