१ कार्तिक २०८३, आइतबार

जनसम्पर्क समिति बेल्जियममा बरबुझारथ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेल्जियम । नेपाली जनसम्पर्क समिति बेल्जियमले गत सोमबार लुभेन शहरमा अवस्थित बुद्ध हाउसको सभा हलमा एक कार्यक्रमका बीच बरबुझारथ गरेको छ ।

निबर्तमान अध्यक्ष सुवास जोशीले सानो आकारबाट शुरु भएको संगठन बेल्जियममा रहेका नेपाली संगठनहरूमध्ये हाल आएर दोश्रो ठूलो संगठन हुन पुगेकोमा गर्व लागेको बताए ।

नवनिर्वाचित अध्यक्ष सीता सापकोटा ले नेपाली जनसम्पर्क समिति बेल्जियम संसारका समितिहरूको तुलनामा एउटा उदारणीय संस्थाको रुपमा परिचित गरेकोमा धन्यवाद दिइन् ।

नेजस बेल्जियमका संस्थापक अध्यक्ष ध्रुबराज पौडेलले आफूले संगठन विस्तार गर्दाको समय र आज संगठनको बिकाशमा धेरै सफलता प्राप्त गरेकोमा खुशी व्यक्त गरे ।

बरबुझारथ कार्यक्रम सम्पन्न पश्चात अध्यक्ष सीता सापकोटाको अध्यक्षतामा बसेको समितिको पहिलो बैठकले सदस्य पदमा बलिराम झा र माधव सापकोटालाई मनोनीत गरेको छ ।