३१ आश्विन २०८३, शनिबार

मलेसिया पुगेर उर्जामन्त्रीले गरे जलविद्युतमा उल्लेख्य लगानी गर्न आह्वान

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ चैत । ऊर्जामन्त्री जनार्दन शर्माले मुलुक अब उज्यालो युगमा प्रवेश गरेकाले आगामी दिनमा कोही कसैले पनि विद्युत्भार कटौती गर्न नसक्ने स्पष्ट पार्नुभएको छ ।

नेपाली दूतावास मलेसिया र गैरआवासीय नेपाली सङ्घ(एनआरएन)ले मलेसियामा आयोजना गरेको ‘नेपालको ऊर्जा क्षेत्रमा मलेसिया र एनआरएनको भूमिका’ विषयको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विद्युत्भार कटौती अन्त्यपछि मुलुकको आर्थिक क्षेत्रमा उल्लखनीय परिवर्तन भएको, आर्थिक वृद्धि दर २५ वर्षपछि सबैभन्दा धेरै हुन लागेको तथा नागरिकमा उत्साहको सञ्चार भएकाले ऊर्जा क्षेत्रमा थप लगानीका लागि आग्रह गर्नुभयो ।

सरकारले ‘नेपालको पानी जनताको लगानी’ भन्ने नारा अगाडि सारेर योजनाबद्ध रुपमा जलविद्युत् क्षेत्रको विकासमा लागेको बताउँदै विदेशी भूमिमा सिकेको सीप र क्षमताको उचित सदुपयोग गरी राष्ट्र निर्माणको महाअभियानमा लाग्न आग्रह गर्नुभयो ।

मलेसियाका लागि नेपाली राजदूत डा निरञ्जनमानसिंह बस्नेतले मलेसियाको सीप र प्रविधिलाई अनुसरण गरेर नेपालको विकास र आर्थिक समृद्धिको अभियान अगाडि बढाउन सकिने धारणा राख्नुभयो ।

कार्यक्रममा मलेसियामा कार्यरत नेपाली श्रमिक तथा उद्योगी तथा व्यवसायीलाई ‘नेपालको पानी जनताको लगानी’ अवधारणामा सहभागी भएर जलविद्युत्मा लगानी गर्न आग्रह गरिएको थियो । रासस