३१ आश्विन २०८३, शनिबार

नेपाली मुलका शेर्पा पोर्चुगलमा फुटबल खेल्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– बिजय थापा

अमेरिका । अमेरिकाको न्युयोर्कमा जन्मिएका र हाल क्यानडामा बसोबास गर्दै आएका नेपाली मूलका ११ वर्षीय पासाङ नामग्याल शेर्पा अन्डर सेभेन्टीको अलग्रेभ युथ कप द न्यू वर्ल्ड कप खेल्न क्यानडाबाट पोर्चुगल जाने भएका छन् । पासाङ रोबर्ट क्यानडा सकर एकेडेमीबाट भाग लिने भएका हुन् ।

पासाङ अप्रिल ८ तारिक पोर्चुगलको लागि उड्दै छन् । पासाङका पिता मिङ्मार नोर्गे शेर्पा नेपालबाट १९९२ मा क्यानडा आई १९९७ मा अमेरिका झरेका हुन् । उनी सन् २००९ देखि क्यानडा सपरिवार बसाइ सराइ गरेका हुन् ।

अलग्रेभ यूथ क्लब पोर्चुगलको आयोजनामा अन्डर सेभेन्टीको अलग्रेभ युथ कपः द न्यू वर्ल्ड कप आगामी अप्रिल ९ देखि १५ सम्म पोर्चुगलमा हुँदैछ ।

विश्वका ३ हजार २ सय खेलाडीहरुको सहभागीता रहेको १७ वर्ष मुनीका यो वर्ल्ड वल्ड कपमा पाँच वटा महादेशका २ सयवटा समूहले भाग लिनेछ । मिड फिल्ड तथा स्ट्राईकर भएर खेल्ने पासांगको खेलले उचाई चुम्ने संभावना छ ।