६ मंसिर २०८३, आइतबार

हार्ने डरले काँग्रेस-माओवादी निर्वाचन सार्ने खेलमा लागेः लालबाबु पण्डित

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उर्लाबारी, २६ चैत । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री लालबाबु पण्डितले आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा एमालेले दुई तिहाई तहमा जित हाँसिल गर्ने दाबी गरेका छन् । आज उर्लाबारीमा चुनाव केन्द्रीत प्रचार–प्रसार कमिटी गठन कार्यक्रममा बोल्दै उनले आफ्नो हार हुने डरले माओबादी र काँग्रेस निर्वाचन सार्ने खेललमा लागेको आरोप लगाए ।

नेता पण्डितले निर्वाचन सार्न खोज्ने सत्तारुढ नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको खेललाई एमालले विफल पार्ने बताए । जनताको अभिमतबाट नै एमालेसँग निहु खोज्नेहरुलाई परास्त गर्ने उद्घोष समेत उनले गरे । अबको स्थानीय तहमा धेरै अधिकार हुने बताउँदै उनले उम्मेद्वार छनोटमा विशेष ध्यान पुर्याउन आग्रह समेत गरे ।

त्यस्तै कार्यक्रममा नेकपा (एमाले)की केन्द्रीय सदस्य डा. शिवमाया तुम्बाहाम्फे, बैकल्पिक केन्द्रीय सदस्य रुपनारायण श्रेष्ठ, मोरङ जिल्ला अध्यक्ष बिनोद ढकाल, जिल्ला सदस्य एवम् मोर्चा विभाग प्रमुख रुपेश खतिवडा लगायतले स्थानीय तहको निर्वाचनमा होमिन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

उर्लाबारीमा दुई दर्जन बढी एमालेमा प्रवेश

आगामी निर्वाचनका लागि प्रचार–प्रसार कमिटी गठन कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै दुई दर्जनबाढी नेकपा एमालेमा प्रवेश गरेका छन् । कार्यक्रममा माओवादी केन्द्रबाट गोपाल थापा, रेवत थापा, रमेश पौडेल, माओवादी केन्द्रकी क्षेत्रीय सदस्य यमकुमारी विक, संघीय समाजवादी फोरम उर्लाबारीको नगर युवा संगठन कमिटिका सचिव प्रेम शर्मा, नेपाली काँग्रेसबाट तिलरुपा रेग्मी, रामबहादुर बोहरालगायत दुई दर्जन बढी एमालेमा प्रबेश गरेका छन् । नवप्रवेशीहरुलाई पार्टीका पोलिटव्यरो सदस्य लालबाबु पण्डितले स्वागत गरे ।

चुनाबी प्रचारप्रसार अभियान सुरु

निर्वाचन नजिकिएसंगै एमाले नगर संगठन कमिटी उर्लाबारीले चुनाबी प्रचारप्रसार अभियान सुरु गरेको छ । मुक्ति न्यौपानेको संयोजकत्वमा १ हजार ८ सय ७१ जनाको निर्वाचन प्रचारप्रसार समिति घोषणा गरेको छ । समितिको सहसंयोजकमा खड्ग श्रेष्ठ, सचिवमा मछिन्द्र कार्की छन् । त्यस्तै, सदस्यमा १७ सय ४८ जना संगठित सदस्यसहित जिल्ला नेतृत्वमा रहेका भातृ संगठनका सदस्यलगायत छन् ।