काठमाडौं, २६ चैत । नेकपा माओवादी क्रान्तिकारीका अध्यक्ष मोहन बैद्यले आफ्नो पार्टीले स्थानीय तहको निर्वाचनलाई उपयोग गर्ने निर्णय लिएको बताएका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालको १९ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बैद्यले आफ्नो पार्टीले केही वर्ष यता निर्वाचनलाई बहिष्कार तथा उपयोग गर्ने नीति लिएको भएपनि यस पटकको स्थानीय तहको निर्वाचनलाई भने उपयोग गर्ने निर्णय लिएको बताए । उनले भने ,“हुन त निर्वाचनमा सबैलाई समेट्नुपर्ने कुरा हो, एकातिर मधेशी मोर्चालाई समेट्ने प्रयास गरिएको छैन्, हाम्रो कुरा त अलग हो ।”
उनले सरकारसँग संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितलाई समेटेर अघि बढाउनको लागि प्रयास गर्न आग्रह गरे । उनले भने, “बरु चुनावलाई अलिकति पर लग्नुहोस् ।”
उनले मुलुकमा दोस्रो संविधानसभापछि पहिलो निर्वाचन हुन गैरहेकोले सबै दललाई निर्वाचनमा सहभागी गराउने वातावरण बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा सँगै रहेका कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री दाहाललाई ईंगित गर्दै अध्यक्ष बैद्यले भने, “तपाईले दल दर्ता किन खोल्नुभएन ? कयौं पार्टीहरुलाई निर्वाचन चिन्ह किन दिनुभएन ? समूचित सम किन दिनुभएन ? यदि तपाईहरु लोकतन्त्रको मुल्य र मान्यतालाई मान्नुहुन्छ भने यो काम किन गर्नुभएन ?











प्रतिक्रिया