दुबई । पर्बत सेवा समाज युएइले दुबईमा एक कार्यक्रमको आयोजना गरी अतिबिपन्न तथा जेहेन्दार विद्यार्थीलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । समाजको दुबई क्षेत्रीय समितिले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई ७५ हजार रुपैया आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
सहयोगका लागि बैठकले पर्वतको जनजागृति निमाबि भिडाबारीबाट संगीता खत्री, पूर्णेश्वर उच्च माबिबाट वालिका सुबेदी, बाल ज्योती प्रावि बेउलीबासबाट आयुश्मा चुदारो, अन्नपुर्ण मावि कार्किनेटाबाट उदबिता पौडेल, दालपोखरी प्रावि ढुलुङ्गेकाफल टोलबाट प्रतिभा पौडेलको नाम अनुमोदन गरेको छ । प्रति विद्यार्थी १५ हजार रुपैयाँका दरले सहयोग गरिने पूर्ब क्षेत्रीय अध्यक्ष तथा आर्थिक संकलन संयोजक तिलक सापकोटाले जानकारी दिनुभयो ।
उनीहरुलाई केही दिनमै रकम हस्तान्तरण गरिने उनले जानकारी दिए । परशुराम पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि समाजका संरक्षक मणि भुर्तेल, जगदीश पौडेल, गंगाधर शर्मा, राजेन्द्र अधिकारी, पत्रकार निमकान्त पाण्डे, दुबई क्षेत्रीय अध्यक्ष बिनोद पौडेल लगायतको सहभागिता रहेको थियो । सरोज जिसीले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिब कमल लामिछानेले गरेका थिए । समाजले बिगतदेखि नै विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।
















प्रतिक्रिया