३१ आश्विन २०८३, शनिबार

गौतमबुद्ध विमानस्थल निर्माणकर्ता चिनियाँ ठेकेदारलाई नेपाली पक्षको ३ दिने अल्टिमेटम

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– नरेश केसी

भैरहवा, २६ चैत । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ठेक्का पाएको चिनीया ठेकेदार कम्पनि नर्थवेष्ट सिभिल एभियसनले सब कन्टयाक्टर नेपाली ठेकेदार कम्पनि नर्थवेष्ट नेपाल इन्फ्रा प्रा.लिलाई काम बापतको ६० करोड ५ लाख ५४ हजार ६ सय १५ रुपैयां ९१ पैसा तिनुपर्ने देखिएको छ ।

चिनीया कम्पनिले सम्झौता अनुसार रकम नदिदां नेपाली पक्षले मर्कामा परेको भन्दै ३ दिने अल्टीमेटम समेत दिएको छ । नेपाली पक्ष सब कन्टयाक्टर नर्थवेष्ट नेपाल इन्फ्रा प्रा.लिले शनिबार भैरहवामा पत्रकार सम्मेलनगरी चिनीया कम्पनीले सम्झौता अनुसार दिनुपर्ने रकम तत्काल दिनुपर्ने माग गरे । प्रा.लिका अध्यक्ष राजु गुरुंगले मूल्यांकनको आधारमा निस्कीएको ६० करोड ५ लाख ५४ हजार ६ सय १५ रुपैयां ९१ पैसा चिनीया पक्षले नदिई आफुहरुलाई झुलाएर राखेको बताए । उनले भने “नर्थवेष्ट सिभिल एभियसन चिन, नर्थवेष्ट नेपाल इन्फ्रा प्रा.लि र युसीन कोरियन कन्सलटेन्टका प्राविधीकहरुले संयुक्त मूल्यांकन गरी हामीले पाउनुपर्ने रकम ६० करोड ५ लाख ५४ हजार ६ सय १५ रुपैयां ९१ पैसा निकालेको छ । हामी सो रकम तत्काल उपलब्ध गराइयोस् भन्ने चाहन्छौं ।”

नेपाली र चिनीया ठेकेदारबीच लेनदेन विवाद भएपछि चैत्र ८ गते भैरहवामा दक्षिण एशियाली पुर्वाधार विकास आयोजनाका प्रमुख डन्डु घिमिरे, क्यानका डेपुटी डाइरेक्टर राजकुमार क्षेत्री, एडिबीका नरेश प्रधान, आयोजना प्रमुख ओम शर्मा को रोहबरमा बैठक बसी त्रिपक्षीय मूल्यांन गरी नेपाली पक्षले ५ दिनभित्र चिनीया पक्ष्ँलाई बिलविजक दिने र एक हप्ता भित्र नेपाली पक्षलाई पुरा रकम चिनीया पक्षले चुक्ता गर्ने सहमती भएको थियो । सो सहमतिमा चिनीया कम्पनीका उपाध्यक्ष जिङयाङ र नेपाली कम्पनीका अध्यक्ष राजु गुरुंगले हस्ताक्षर गरेका थिए । चैत्र २० गतेभित्र नेपाली पक्षले सबै रकम पाउनुपर्ने सहमति गरेको भएता पनि चिनीया पक्षले रकम नदिई अहिले उल्टै नेपाली पक्षलाई काम गर्न अवरोध गरेको आरोप लगाएपछि नेपाली पक्षले पत्रकार सम्मेलन नै गरेर विषयवस्तुको बारेमा स्पष्ट पारेको हो ।

पत्रकार सम्मेलनमा अध्यक्ष गुरुंगले चिनीया ठेकेदारले बद्मासी गरिरहेको पनि आरोप लगाए । उनले भने “चिनीया ठेकेदारसंग न यन्त्र छन् नत जनशक्ति नै ।” नेपाली पक्षले ओभरल्याप नहुनेगरी चिनीया पक्षलाइ निर्माण कार्य गर्न कुनै अवरोध नगरेको समेत स्पष्ट पारेको छ । गुरुंगले भने “हामी सब कन्टयाक्टरको रुपमा रहौला वा नरहौला तर गौतमबुद्ध विमानस्थल समयमा सम्पन्न गर्न गराउनकोलागी हामी अधिकत्तम लचक छौं । हामी हाम्रो कामको पैसा माग मात्रै गरेका हौं ।”

तर यता चिनीया पक्षले नेपाली ठेकेदारलाई पैसा पनि नदिई यत्तिकै झुलाएर राख्ने मनसाय देखाएको छ । उसले नेपाली पक्षलाइ एकातिर पैसा दिन चाहेको छैन भने अर्कोतिर निर्माण स्थालमा चाहिने हेभि इक्वीपमेन्ट, टिप्पर भाडामा खोज्दै हिडेको बुझिएको छ । विमानस्थल निर्माण स्थलमा नेपाली पक्षका ५१ वटा हेभी इक्वीपमेन्ट, सयौंको संख्याका टिप्पर, करडौं मूल्यको क्रसर त्यत्तिकै थन्किएको छ । यसैगरी १३ करोड भन्दा बढी मूल्यको सिमेन्ट, छड, गिट्टी, बालुवा, ढुंगा पनि यतिकै थन्किएको छ ।

विमानस्थल निर्माण स्थलमा नेपाली पक्षले सम्झौता अनुसार काम गर्ने क्रममा २७ प्रतिशत काम सम्पन्न भइसकेको र आगमी जेठ मसान्त सम्म ६० प्रतिशत काम गर्ने लक्ष्य राखेको थियो । तर एकाएक चिनीया पक्षले विवाद निकालेर नेपाली पक्षलाई हटाउन खोजेपछि चैत्र १ गते देखी निर्माणको काम ठप्प छ । काम ठप्प हुदां नेपाली ठेकेदार कम्पनिमा कार्यरत २ सय ५० जना कर्मचारी र विभिन्न यान्त्रीक साधनका ५ सय जना दैनिक ज्यालामजदुरी गर्ने व्यक्तिहरु समेत बेरोजगार बन्न बाध्य भएका छन् । नेपाली पक्षले चैत्र मसान्त सम्म रकम नदिए चैत्र महिनाभरी काम नगरी बस्दाको क्षतिपूर्ति १५ करोड दाबी गर्ने समेत जनाएकोछ । नेपाली र चिनीया ठेकेदार कम्पनिबीच विवाद चुलिएपछि नेपालकालागी चिनीया राजदूतबासले समेत चासो ब्यक्त गरेको बुझिएको छ । चिनीया राजदूताबासले दुबैपक्षलाई सहमतिमा ल्याई पुनः पुरानै सम्झौता अनुसार दुबै पक्षलाई मिलेर काम गर्न आग्रह गरको स्रोतले बताएको छ ।