६ मंसिर २०८३, आइतबार

प्रधानमन्त्री दाहाल र राष्ट्रसंघका उपमहासचिव भरवर्गबीच भेटवार्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ चैत । । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग संयुक्त राष्ट्र सङ्घका उपमहासचिव तथा पोषण कार्यक्रमका संयोजक ग्रेडा भरवर्गले शिष्टाचार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा प्रधानमन्त्रीले नेपालमा पोषण स्थितिको बारेमा चर्चा गर्दै सरकार, निजी क्षेत्र तथा दाताहरुको सहकार्यमा यसमा सुधार भइरहेको बताउनुभयो ।

उहाँले सरकार पोषणसहित दिगो र सन्तुलित विकासको एजेन्डा लिएर अघि बढेको बताउँदै स्थानीय तहको निर्वाचनपछि महिला तल्लो तहदेखि नै नेतृत्वमा आउने र यस विषयमा अझ प्रगति हुनुका साथै स्वास्थ्य र शिक्षामा पनि पोषणलाई महत्वपूर्णरुपमा समावेश छ भन्नुभयो ।

उपमहासचिव ग्रेडाले नेपालले पोषणमा गरेको प्रगतिप्रति खुशी व्यक्त गर्दै आगामी दिनमा राष्ट्र सङ्घले नेपाललाई पोषणको क्षेत्रमा थप काम गर्न सहयोग उपलब्ध गराउने आश्वासन दिनुभएको थियो । रासस