३१ आश्विन २०८३, शनिबार

एमडीसी युएसए नृत्य प्रतियोगिताको तयारी सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विजय थापा

वाशिंगटन डिसी । अमेरिकामा गत वर्षदेखि संचालनमा आएको मेरो डान्स कप युएसए २०१७ नामक प्रतियोगिता यस वर्ष पनि हुने भएको छ ।

एमडीसी नामबाट लोकप्रिय भएको उक्त कार्यक्रम आगामी अप्रिल २८ देखि प्रारम्भ हुनेछ । प्रतियोगिताको शृंखलाको अडिसन अनलाइनबाट अप्रिल २८ तारिखमा पहिलो शृंखला हुनेछ ।

शृंखला ६ देखि मतदान–प्रत्यक्ष चरण जुलाई ८ तारिखदेखि हुनेछ । गत अप्रिल २ तारिखदेखि आवेदन फाराम भर्ने समय समाप्त भएको छ ।