३१ आश्विन २०८३, शनिबार

सुन तोलामा सात दिनमा ७०० बढ्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ चैत । एक हप्तामा सुनको भाउ ७०० रुपैयाँले बढेको छ । चैत १८ गते ५४ हजार २ सय रुपैयाँमा किनबेच भएको सुनको मूल्य विहीबारसम्म आइपुग्दा बढेर ५४ हजार ९ सय पुगेको छ ।

गत १८ गतेदेखि बढेर २० गते ५४ हजार ६ सय पुगेपनि २१ गते भने एक सय रुपैयाँ घटेको थियो । २१ गते ५४ हजार ५ सय रुपैयाँमा किनबेच भएको सुनको मूल्य २२ गतेदेखि एक्कासी बृद्धि भई ५४ हजार ९ सय पुगेको हो ।

१० ग्राम सुनको मूल्य अहिले ४७ हजार ७० रुपैयाँ छ । गत १८ गते भने ४६ हजार ४७० रुपैयाँमा किनबेच भएको थियो ।

एक हप्तामा चाँदीको मूल्यमा भने खासै तलमाथि भएको छैन । गत १८ गते ८०५ रुपैयाँ तोला परेको चाँदीको मूल्य अहिले ८१० रुपैयाँ पुगेको छ । जम्मा पाँच रुपैयाँ बढेको छ ।