३१ आश्विन २०८३, शनिबार

एएनए सम्मेलन बाल्टिमोर मेरिल्याण्डमा हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विजय थापा

वाशिंगटन डिसी । अमेरिकाको स्वतन्त्रता दिवस जुलाई ४ तारिखको सप्ताहको सेरोफेरोमा बिगत ३३ वर्षदेखि सम्मेलन गर्दै आएको दि एसोसिएसन अफ नेपालीज इन अमेरिका (एएनए)को सम्मेलन अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा हुने भएको छ ।

आगामी जुन ३० देखि जुलाई २ तारिख शुक्रबारदेखि आइतबारसम्म सम्मेलन हुनेछ । बाल्टिमोरका समाज सेवी, व्यवसायी तथा बानाका पूर्व अध्यक्ष विजय श्रेष्ठ सम्मेलनका संयोजकमा नियुक्त भएका छन् ।

आयोजक समिति तथा उपसमिति छिट्टै निर्माण गरिने सम्मेलन संयोजक श्रेष्ठले बताउदै अमेरिकाभर रहेका सम्पूर्ण नेपाली समुदायलाई सहभागी हुन् आब्हान गरेका छन् ।

गत वर्ष जुलाई १ देखि ४ तारिखसम्म भएको एएनए सम्मेलनमा ६ बुदे घोषणा सहित सम्पन्न भएको थियो ।