काठमाडौं, २५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनमा महिलालाई नेतृत्वमा ल्याउने अनिवार्य व्यवस्था गरिएकाले यो निर्वाचनमार्फत् महिला अधिकार संस्थागत हुने बताएका छन् ।
बिहीबार साझ काठमाडौंमा आयोजित माइती नेपालको रजत जन्मोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले स्थानीय तहको निर्वाचन संविधान कार्यान्वयनको महत्वपूर्ण खुड्किलो भएको बतााएका हुन् । उनले महिलामाथि हुने सबै प्रकारका विभेद अन्त्यका लागि पनि जतिसक्दो चाँडो संविधान कार्यान्वयन गर्नुपर्ने बताए ।
प्रधानमन्त्री दाहालले महिला, दलित, मुस्लिमलागायत उत्पीडित समुदायको अधिकारलाई सुनिश्चित गरी नयाँ संविधान जारी भएको बताए । उनले सबैखाले बिभेद अन्त्य गर्ने र महिला अधिकार संस्थागत गर्ने प्रक्रियालाई सफल बनाउन सरकार लागिपरेको स्पष्ट पारे ।











प्रतिक्रिया