६ मंसिर २०८३, आइतबार

काँग्रेसका मन्त्रीहरुलाई गृहमन्त्रालय बोलाएर निधिले के धम्की दिए ?

16.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ चैत । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले राजीनामा दिने बताएका छन् ।

बिहिबार अपराह्न कांग्रेसका तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने १४ जना मन्त्रीलाई गृह मन्त्रालयमा भेला गराएर निधिले आफू मन्त्रिपरिषदको वरियतामा प्रधानमन्त्रीपछि दोस्रो नम्बरमा नभए राजीनामा दिने निर्णय सुनाएका हुन् ।

संसदको सबैभन्दा ठूलो दलको हैसियसले आफूले प्रधानमन्त्रीपछिको दोस्रो वरियता पाउनु पर्ने दावी गर्दै निधिले वरियतामा तलमाथि भए आफूले बाध्य भएर राजीनामा दिने बताएको एक मन्त्रीले बताए ।

बरियता विबादको बिषयमा गृहमन्त्रीले आफूहरुसँग छलफल गरेको सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले पुष्टि गरे । उनले भने– ‘संसदको सबभन्दा ठूलो पार्टी तेस्रो बरियतामा बस्ने कुरा हुँदैन् भन्ने सुझाव हामीहरुले दियौं ।’

प्रधानमन्त्री प्रचण्डले राप्रपाका अध्यक्ष कमल थापालाई आफूपछिको दोस्रो वरियताको उपप्रधानमन्त्री बनाउने खबर पाएपछि निधिले राजीनामा गर्ने निर्णय आफ्ना पार्टीका मन्त्रीहरुलाई सुनाएका हुन् ।