३१ आश्विन २०८३, शनिबार

मेलबर्नमा वाणिज्य सचिवसँग अन्तरक्रिया

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अष्ट्रेलिया । वाणिज्यसचिव नईन्द्रप्रसाद उपाध्यायको नेतृत्वको टोलीसँग मेलबर्नको नेपाली समूदायका प्रतिनिधिहरुले अन्तरक्रिया गरेका छन् ।

मेलबर्नमा भइरहेको अन्तर्राष्ट्रिय कफी एक्स्पोमा सहभागी हुन आएको टालीले छलफलमा भाग लिएको हो ।

भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूतको कार्यालय मेबलर्नमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका सचिव टोनु घोताने, भिक्टोरिया संयोजक केशव कँडेल, नेप्लीज एशोसिएसन अफ भिक्टोरियाका अध्यक्ष डा अनुपम पोखरेल, मधेशी कम्युनिटी अफ भिक्टोरियाका सचिव रञ्जन श्रीवास्तव, न्याभका पूर्वअध्यक्ष बम योञ्जनसहित व्यवसायीहरु, बुद्धिजीवीहरुले नेपालको वर्तमान आर्थिक अवस्था, निर्यातको सुधार र नयाँ सम्भावनाको विषयमा आफ्नो जिज्ञासा राखे ।

जवाफमा नेपाल सरकार वाणिज्य मन्त्रालयका सचिव उपाध्यायले नेपालले विदेशमा निर्यात गर्नका लागि केही महत्वपूर्ण वस्तुहरुलाई छनोट गरेको र यी वस्तुहरुको माग उच्च रहेको जानकारी दिएका थिए ।

उनले भने, ‘कतिपय सामान त हामीले माग अनुसार दिन पनि सकिरहेका छैनौं । यसका लागि नेपालमा पूर्वाधार विकास अनिवार्य बनेको छ ।’
उपाध्यायले यस पटकको अष्ट्रेलिया भ्रमणको चर्चा गर्दै कफी उत्पादनको क्षेत्रमा किसानदेखि निर्यातकर्ता, व्यवसायी र अन्तर्राष्ट्रिय बजारसम्मको चेन अफ प्रोडक्सनमा सरकारी प्रोत्साहन दिने हिसाबले आफुहरु सहभागी भएको धारणा राखे ।