१४ कार्तिक २०८३, शनिबार

मोर्चा फकाउन अर्को नयाँ प्रस्ताव

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय चुनाव बहिष्कार घोषणा गरेको मधेसी मोर्चालाई सहमतिमा ल्याउन अर्को प्रस्ताव राखेका छन् ।

प्रधानमन्त्री दाहालले बुधबार मधेसी मोर्चाका दोस्रो तहका नेताहरूसँगको छलफलमा सरकार र मोर्चाको संयुक्त कार्यदलले यसअघि तयार पारेको पाँच बुँदे प्रस्तावलाई संसदमा लैजाने बताएका हुन् । नागरिक दैनिकले समाचार
छापेको छ ।

उनले पाँचबुँदे प्रस्ताव संसशदमा लैजानुअघि संविधान संशोधन विधेयक फिर्ता लिने प्रस्ताव पनि राखेका छन् ।

यता मोर्चाका नेताले पाँच बुँदे प्रस्ताव पास नहुने स्थितिमा संसदमा लैजानुको कुनै अर्थ नभएको बताएका छन् ।

प्रधानमन्त्रीले मोर्चाले सहमति जनाए सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधन विधेयक फिर्ता लिई पाँच बुँदे प्रस्ताव दर्ता गर्ने आश्वासन दिएको मोर्चाका नेताले बताएका छन् ।