१४ कार्तिक २०८३, शनिबार

मोर्चा चुनावमा सहभागी भए कांग्रेसले अडान छाड्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ चैत । प्रमुख सत्ता साझेदार कांग्रेसले मधेसी मोर्चा चुनावमा आउने सुनिश्चित भए एकै चरणमा चुनाव हुनुपर्ने आफ्नो पूर्ववत अडानमा केही लचिलो हुने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारूढ दलभित्रै मोर्चाको मागबारे साझा धारणा बनाउन बुधबार बालुवाटारमा कांग्रेसका दोस्रो तहका नेताहरूसँग छलफल गरेका थिए । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

छलफलमा सहभागी कांग्रेस नेताद्वय कृष्णप्रसाद सिटौला र रमेश लेखकले मोर्चालाई निर्वाचनमा सहभागी गराउनका लागि दुई चरणको विकल्पमा केन्द्रीत रहेर विकल्प खोज्न जोड दिए ।

पहिलो सरकारले अहिले प्रस्तुत गरेकै विधेयकलाई मतदानमा लैजाने । दोस्रो सरकार र मोर्चाबीच गठित अनौपचारिक कार्यदलले तयार पारेको संविधान संशोधनको पाँच विषयलाई अघि बढाउने ।