काठमाडौं, २४ चैत । व्यवस्थापिका संसद सचिवालयमा रहेका २२ वटा सवारीसधानलाई नेता तथा कर्मचारीहरुले व्यापक दुरुपयोग गरेको पाइएको छ ।
सचिवालयमा पुलका रुपमा राखिएका २२ वटा सवारीसधान नेता र कर्मचारीहरुलाई छाड्न विमानस्थल, बसपार्क जानेदेखि जन्ती, मलामी, भोजदेखि कर्मचारीको घरमा तरकारी खरिदका लागि समेत प्रयोग गरिएको हो । राजधानी दैनिकले समाचार छापेको छ ।
संसदको सवारीसाधनलाई कर्मचारीले आफ्नो घरमा तरकारी खरिदका लागि समेत प्रयोग गर्दै आएको पाइएको छ । यसबारे कसैले पनि अनुगमन र नियन्त्रण गरेको छैन ।
सभामुख ओनसरी घर्ती मगरले यसबारे खासै महत्व दिएको पाइएको छैन । संसद सचिवालयभित्रै यसबारेमा व्यापध विरोध भएको छ ।
सरकारी सम्पत्ति यसरी दुरुपयोग भइरहँदा राष्ट्रको अर्थतन्त्रमा नकारात्मक असर पुग्ने हुँदा सचिवालयले यस्तो कार्यमा नियन्त्रण गर्नु पर्ने तल्लो तहका कर्मचारीहरु बताउँछन् ।












प्रतिक्रिया