काठमाडौं, २३ चैत । विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), राष्ट्रिय जनमुक्ति पार्टी र दलित जनजाति पार्टीबीच एकीकरण भएको छ । एकीकरणसँगै गच्छदारको पार्टी व्यवस्थापिका संसदको पाँचौं ठूलो दल बनेको छ ।
राजधानीमा बुधबार आयोजित एक कार्यक्रमबीच तीन पार्टीबीच घोषणा गरिएको हो । एकीकरणपछि पार्टीको नाम नेपाल लोकतान्त्रिक फोरम राखिएको छ । पार्टीको अध्यक्ष गच्छदार नै बनेका छन् ।
त्यसैगरी संसदमा यो पार्टीको १७ सांसद पुगेका छन् । फोरम लोकतान्त्रिकका १४, जनमुक्ति पार्टीका २ र दलित जनजाति पार्टी १ जना गरी कुल १७ सांसदसहित पार्टी संसदमा पाँचौ ठूलो दल बनेको हो ।











प्रतिक्रिया